३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णनगरमा हर्षोउल्लासका साथ मनाइयो


रवि प्रकाश कसौधन
कपिलवस्तु पुस २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बीच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज एक कार्यक्रम आयोजना गरी मनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा सम्पन्न कार्यक्रमम राष्ट्रिय प्रजातन्त्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता तथा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय रहनु भयो।
जसमा वक्ताहरुले राष्ट्रिय एकताको अवसरमा पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अगुवाहरुले राज संस्थासहितको हिन्दु राष्ट्र आजको आवस्यकता रहेको राप्रपा कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताले बताउनु भयो।
उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया, अजय थापा, प्रमोद मिश्र, तथा कनिज फातिमा, इदरीस मुसलमान, राजेन्द्र अधिकारी, जानकी यादव, कृष्ण पौडेल लगायत नेकपा एमालेका केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ता लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक नेता तथा कार्यकर्ता समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित रहेको थियो।
कार्यक्रममा उद्घोषकको भुमिका राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नुभयो ।





