सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

    नवलपुर टुडे
    २०७९ पुस २७ | मध्यान्ह ०६:०९ बजे

      बुटवल । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

      प्रदेश प्रमुख जोशीले रावललाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि रावलले एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

      सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।   

        कमेन्टहरु