मधेश प्रदेश

    मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवको दाबी

    नवलपुर टुडे
    २०७९ पुस २७ | मध्यान्ह ०२:०९ बजे

      जनकपुरधाम । मधेस प्रदेशमा सरकारको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले दाबी पेस गरेका छन् । 

      जसपा, एमाले, जनमत, माओवादी, राप्रपा, नेपाल संघीय समाजवादी र स्वतन्त्रका गरी ६३ सांसदको समर्थनसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

      उनीहरूले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका छन् । यादवलाई कांग्रेस, एकीकृत समाजवादी र लोसपाले पनि समर्थन दिने सम्भावना देखिएको छ । 

        कमेन्टहरु