तस्कर

    पश्चिम नवलपरासी प्रहरीको सक्रियताले अबैध सामान धमाधम बरामद

    नवलपुर टुडे
    २०७९ पुस २७ | मध्यान्ह ०२:०९ बजे

      परासी । पश्चिम नवलपरासी प्रहरीको सक्रियताले भन्सार छली ल्याएको अबैध सामान धमाधम बरामद गरिएको छ । जिल्लाको विभिन्न नाकाबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याएको सामान बिगत केही हप्ता अगाडीदेखि प्रहरीको सक्रियताले अबैध सामान धमाधम बरामद गरेको हो ।

      जिल्लामा प्रहरीको सक्रियतासंग पाल्हिनन्दन गाउँपालिका – ५ भगतपुरास्थितबाट बुधबार भन्सार छली भारतबाट मोटरसाइकलमा नेपाल ल्याएको सामान प्रहरी चौकीबाट प्र.स.नि. खिमानन्दन पराजुलीको कमाण्डमा गएको ३ जनाको गस्ती टोलीलाई देखी सामान सोही स्थानमा छाडी तस्कर मोटरसाइकल लिई फरार भएको थियो । उक्त तस्करले ल्याएको सामान प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको छ ।

      बरामद सामान कपुर ७५ प्याकेट रु. ७,५००/-, बडी स्प्रे २८ पिस रु. ४,२००/-, गम्छा २० थान रु. ८,०००/-, पुजाको कपडा ७ थान रु. १०,५००/-, केक काट्ने चक्कु १०० पिस रु. १,०००/- र फाईबर सिरक १४ थान रु. २१,०००/- गरी जम्मा अन्दाजी मुल्य रु. ५२,२००/- बराबरको रहेको छ ।

      त्यसैगरी, आजै प्रतापपुर गाउँपालिका – ४ दरखासेस्थित अवैध रुपमा मोटरसाइकलमा नेपाल ल्याउदै गरेको सामानपनि बरामद गरिएको छ । प्र.स.नि.बशिष्ट यादवको कमाण्डमा ३ जनाको गस्ती टोलीलाई देखी सामान सोही स्थानमा छाडी मोटरसाइकल लिई फरार हुदा, उक्त सामानहरु नियन्त्रणमा लिएको छ ।

      नियन्त्रणमा लिएको सामाब चिनी १ बोरा ५० के.जी.मुल्य रु.३२००/-, खाने तेल- ३४ पिस मुल्य रु. ४,४०० /-, बिस्कुट १ पेटी मुल्य रु.१५००/-, सरफ ७२ प्याकेट मुल्य रु.१२००/- र कुरमुरे १ पेटी मुल्य रु.१५००/- गरी जम्मा मुल्य रु.११,८००/- बराबरको रहेको छ ।

      उक्त बरामद सामान आबश्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

       

        कमेन्टहरु