कर्णाली प्रदेश

    कर्णाली प्रदेश सरकारमा दाबी पेस गर्ने समय सीमा आज अन्तिम

    नवलपुर टुडे
    २०७९ पुस २७ | बिहान ०८:०९ बजे

      सुर्खेत । कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ। आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।

      प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए।

      प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ।

        कमेन्टहरु