प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटन गर्न गोरखा जाँदै

नवलपुर टुडे
२०७९ पुस २७ | बिहान ०८:०९ बजे

काठमाडौं, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन् । गोरखामा आयोजित ११औं गोरखा महोत्सवको उदघाटन गर्न बुधबार गोरखा जान लागेका हुन् ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक त्यहाँ जान लागेको सचिवालयले जनाएको छ ।
गोरखाको खेलकुद मैदान हरटारीमा माघे संक्रान्तिको अवसरमा महोत्सव आयोजना गरिएको छ । महोत्सव उदघाटन गरी आजै प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले हिजो मंगलबार मात्रै प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका थिए ।





