समाज

    अप्सरा मिडिया प्रालि कपिलवस्तुद्वारा असहायलाई ज्याकेट बितरण

    नवलपुर टुडे
    २०७९ पुस २६ | मध्यान्ह ०५:०९ बजे

      कृष्णनगर, पुस २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाबाट संचालनमा रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा आज गरिब असहायलाई जाडोमा न्यानो होस भन्ने उद्देश्यका साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ ।

      कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको हो l जाडो दिन प्रतिदिन बढ्दै गएकाले गरिब, असहा तथा एकल परिवार रहेका व्यक्तिलाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेटबाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचारकर्मी शहबाज खानले बताए ।

      ज्याकेट पाउदा आफूहरू खुसी भएको तथा यस्ता गरिब र असहायलाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेकाले आयोजकलाई हार्दिक धन्यवाद दिए । उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो ।

        कमेन्टहरु