समाचार

    चितवनमा दम्पती मृत फेला

    नवलपुर टुडे
    २०७९ पुस २६ | मध्यान्ह ०४:०९ बजे

      चितवन, पुस २६ । चितवनको भरतपुर महानगरपालिका – २९ जुगेडी लमजुङे टोलमा एक दम्पती मृत भेटिएका छन् । मंगलबार बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए ।

      उनका अनुसार मृत्यु हुनेमा भरतपुर-२९ का २२ वर्षका प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षकी शान्ति भन्ने बुद्धिमाया राना मगर रहेकी छिन् । श्रीमान प्रेम घरको बेलामा पासो लगाएर झुन्डिएको अवस्थामा र श्रीमती बुद्धिमाया घरको आँगनको मृत भेटिएका हुन् ।

      घटनाको बारेमा अनुसन्धान सुरू भएको डीएसपी अधिकारीले बताए । उनीहरूको एक जना छोरा रहेको र छोरा आफन्तकोमा गएका बेला घटना घटेको बताइएको छ ।

        कमेन्टहरु