देश

    प्रदेश १ का मुख्यमन्त्री हिक्मतसहित तीन मन्त्रीले लिए शपथ

    नवलपुर टुडे
    २०७९ पुस २५ | मध्यान्ह ०३:०९ बजे

      विराटनगर, पुस २५ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

      उनले जनताको नाममा शपथ लिएका छन् । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । आजै मन्त्री नियुक्त भएका एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूले पनि शपथ लिएका छन् । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।

      सत्तासाझेदार माओवादी केन्द्रले आलोपालोको सहमति नबनेसम्म मन्त्री नपठाउने निर्णय गरेको छ । संसदीय दलको बैठकले केन्द्रमा निर्णय सच्याउन लेखेर पठाउने निर्णय गरेको सांसद गणेश उप्रेतीले बताए ।

        कमेन्टहरु