बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

नवलपुर टुडे
२०७९ पुस २५ | मध्यान्ह ०२:०९ बजे

मकवानपुर, पुस २५ । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७० प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
११० सदस्यीय प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसदको समर्थन भए पुग्छ ।





