प्रतिनिधिसभाको पहिलो बैठक सुरू

नवलपुर टुडे
२०७९ पुस २५ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस २५ । प्रतिनिधिसभाको पहिलो बैठक सुरू भएको छ । मंसिर ४ गते निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठक सोमबार बसेको हो ।
पहिलो बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्यले राष्ट्रपतिको अधिवेशन आह्वानको पत्र पढेर सुनाएका छन् । त्यस्तै, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पढेर सुनाएका छन् ।
यस्तै आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलको मनोयन गरेका छन् । साथै सबै दलका संसदीय दलका नेताहरुले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।





