मुख्य समाचार

    मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारले थाल्यो पहल

    नवलपुर टुडे
    २०७९ पुस २५ | बिहान ०९:०९ बजे

      काठमाडौँ, पुस २५ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

      वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल थालिएको हो ।

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायले जानकारी दिएको छ ।

      photo 2023 01 09 10 35 20
      मलेसियामा बन्धक रहेका नेपाली

        कमेन्टहरु