भारतबाट नेपालतर्फ आउँदै गरेको बस दुर्घटना, १४ नेपालीको मृत्यु

नवलपुर टुडे
२०७९ पुस २५ | बिहान ०९:०९ बजे

रुपन्देही, पुस २५ । भारतबाट नेपालतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ ।
भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १४ जना नेपालीको ज्यान गएको छ । स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवसाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ ।
उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा सवार थिए । मृत्यु हुने अन्य कसैको पनि सनाखत भएको छैन ।





