पूर्व पश्विम राजमार्ग अन्तर्गत कावासोतीको लोकाहामा बस पल्टियो : २१ जना घाइते


बुटवल, पुस २४ । पूर्व पश्विम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका – ११ लोकाहामा बस दुर्घटना भएको छ । आइतबार दिउँसो बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ३७२ नं को यात्रुबाहक बस पत्ता भाचिएर अनियन्त्रित भई पल्टिएको हो ।
बस सडकको दाहिने साईडमा पल्टिएको प्रहरीले जनाएको छ । बसमा चालक सहित ३० जना सवार रहेकोमा २१ जना घाईते भएका छन् । घाईतेहरुमध्ये ७ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको छ ।
चालक पूर्वी नवलपरासीको देवचुली नगरपालिका – १५ बस्ने अन्दाजी ४१ वर्षीय अम्मर बहादुर गाहा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी अहिले घट्ना स्थलमै रहेको छ । घाईतेहरुको विस्तृत विवरण आउन बाँकी रहेको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको कमाण्डमा ट्राफिक सहित १२ जनाको टोली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





