राम्रो कामको झासा दिएर मलेसियामा विदेशिएका नेपाली युवतीहरु देह व्यापार गर्न बाध्य


मलेसिया, पुस २४ । आर्थिक अवस्था कमजोर भएका नेपाली चेलीहरु बिगत धेरै बर्षदेखि रोजगारका लागि विदेशमा जाने गर्दछन् ।नेपाल सरकारले गरिबलाई कुनै किसिमको सहुलियत नदिँंदा गरिब र बिपन्नहरु विदेश जान बाध्य भएका हुन्छन् । आफ्नै देशमा जन्मेका, हुर्केका युवा, युवतीहरु देशमै रोजगार नपाएपछि बढ्दै गरेको महँगीलाई थाम्न नसकेर विदेशीन बाध्य भएका छन् ।
विदेश जान मजबुर बनाएको नेपाल सरकारले विदेशबाट आउँदा आफ्नो परिवारको लागि मोबाइल ल्याउन नपाउने प्रावधान बनाएको छ । यस्तो समाचार धेरैले सुनेको, देखेको र भोगेको पाईएको छ । त्यहि विदेशिएका नागरिकहरुले विदेशमा कमाएर पठाएको पैसाबाट विभिन्न आईयमआईबाट सरकारले कर असुल्ने गरेको छ । तर त्यहि नेपालीमाथि विदेशमा अन्याय वा कसैको मृत्यु भयो भने उद्धारका लागि पहल गर्न सरकार असक्षम हुन्छ ।
जस्तो सरकार त्यस्तै विदेश पठाउने दलाल छन् । यस्ता घटना कुनै नौलो होइन । नेपालबाट विदेशिएका एक हैन कैँयौ युवतीहरु अहिले मलेसियाको विभिन्न होटेल र क्यासिनोमा इल्लिगल भएर देह व्यापार गरिरहेकी अवस्थामा भेटिन्छन् । नेपालबाट राम्रो कम्पनीमा पठाईदिन्छु भनी २५०००० सम्म लिएर मलेसिया पठाउदा पासपोर्ट र डकुमेन्ट सम्बन्धित कम्पनी वा मलेसियाको ठूलो डिलरहरुले राखेर ती युवा, युवतीहरु बिचल्लीमा पर्ने गरेका छन् ।
यस्तै मलेसियाको केलमा रहेको (पासर सिनि) भन्ने ठाउँमा रहेको उक्त ठाउँको नाम (सिङ्गापुर) भनेर राखिएको छ । उक्त ठाउँमा नेपाली लगायतका विभिन्न देशका युवतिहरु देह ब्यापारमा संलग्न रहेका छन् । जुन की कसैको हाथमा पासपोर्ट छैन, सबै इल्लिगल रहेको पाइएको छ । उनीहरुको भनाई अनुसार कम्पनीमा काम नपाएपछि बोसले कामबाट बिना पासपोर्ट निकालिदिएको र उनीहरुले उद्धारका लागि नेपाल सरकारसँग गुहार पनि गरेका छन् ।
नेपालबाट मलेसिया पैसा कमाउन गएका युवाहरु धेरै जसो मेनपावर र दलालको चक्करमा फसेर नामै नभएको कम्पनीमा पठाएको हुनाले बिचल्लीमा परेर बिना पासपोर्टको ईल्लिगल रुपमा काम गर्न बाध्य भएका छन् । न घरको न घाटको भनेर उखान भए झै ब्यथा पनि पोखेका छन । जति गुनासो गरे पनि नेपाल सरकारले यस विषयमा मुख दर्शक भएर मात्र आफ्नो फाईदाको लागि गरिरहेको छ भनेर आरोप पनि लगाएका छन् ।





