देश

    कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ पुस २३ | मध्यान्ह ०६:०९ बजे

      काठमाडौँ, पुस २३ । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो । 

      नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् ।

      हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

        कमेन्टहरु