राजनीति

    सर्वदलीय बैठक सुरु

    नवलपुर टुडे
    २०७९ पुस २२ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं, पुस २२ । प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।

      बैठकमा सभाको पहिलो बैठकका एजेण्डाबारे छलफल भइरहेको छ । बैठकमा पार्टीका अध्यक्ष, प्रमुख सचेतक / प्रतिनिधिहरु सहभागी छन् ।

      बैठकले प्रतिनिधिसभाको नियमावली अनुमोदन, सभामुख चयन, संसदमा राष्ट्रपतिको सम्बोधन, सरकारले विश्वासको मत लिने तयारीलगायत विषयमा छलफल गर्ने बताइएको छ ।

      संघीय संसदको पहिलो बैठक पुस २५ गते सोमबारका लागि बोलाइएको छ ।

        कमेन्टहरु