लुम्बिनी प्रदेश

    नेपालगन्जमा बाँके जनमत पार्टीद्वारा बधाई तथा शुभकामना कार्यक्रम

    नवलपुर टुडे
    २०७९ पुस २० | मध्यान्ह ०८:०९ बजे

      बाँके, पुस २० । नेपालगन्जमा बाँके जनमत पार्टीद्वारा बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । प्रतिनिधि सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा माननीय मन्त्री अब्दुल खानलाई बाँकेमा सम्मान गरिएको हो ।

      प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित खानलाई जनमत पार्टी बाँकेका अध्यक्ष पहलाद यादव तथा बाँके क्षेत्र नम्बर ३ (ख) को प्रदेश सांसद पदका प्रत्यासी सह्बुद्दिन अनसारी सहितका नेता तथा कार्यकर्ताले नेपालगन्ज – १२ मा रहेको सुनाखरी कटेजमा बधाई तथा शुभकामना कार्यक्रममा सम्मान साथै आगामी कार्यकालको शुभकामना प्रदान गरिएको हो ।

      सो अबसरमा बोल्दै पार्टी अध्यक्ष यादवले खाँन निर्वाचित भएसँगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साहा थपिएको बताउँनु भयो । यादवले जनताको पक्षमा निरन्तर काम गर्न र संसदमा जनताको आवाज उठाइदिन निर्वाचित सांसद खाँनलाई आग्रह गर्नुभयो ।
      जनमत पार्टी बाँकेका वरिष्ठ नेता सह्बुद्दिन अनसारीले जनमत पार्टीले विगतदेखि उठाएका मुद्धाहरुलाई सम्बोधन गर्ने बेला आएको र सबै समस्याहरुलाई राष्ट्रिय राजनीतिमा दरिलो गरि उठाउन आग्रह गर्नु भयो ।

      मन्त्री अब्दुल खाँनले पार्टी र जनताको विश्वासलाई कायम राखेर अगाडी बढ्ने बताउनु भयो । उहाँले आफूहरु जनताको लागी राजनीतिक तथा सामाजिक अधिकारको साथै बिकासका लागि निरन्तर संघर्ष गरेकोले आगामी दिनमा पनि सशक्त भुमिका निभाउने बताउनु भयो । कार्यक्रममा जनमत पार्टी बाँकेका सचिव सहित जनमतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

        कमेन्टहरु