देश

    पाँचथरमा आगलागीबाट दुईको मृत्यु, दुई जना घाईते

    नवलपुर टुडे
    २०७९ पुस २० | बिहान ०८:०९ बजे

      पाँचथर । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का दुई महिलाको मृत्यु भएको छ। स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो।

      मृत्यु हुनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

      आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारार्थ पाँचथर अस्पतालमा ल्याइएको छ।

      उक्त घरमा ७ जना सुतेकोमा २ जनाको ज्यान गएको‚ २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए।

      आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीको कारण भने खुलेको छैन।

        कमेन्टहरु