मिर्जा राशिदले गरे खेलाडीहरूलाई बिदाई

नवलपुर टुडे
२०७९ पुस १९ | मध्यान्ह ०९:०९ बजे

कृष्णनगर, पुस १९ । कपिलवस्तु जिल्लाबाट कराँते प्रतियोगितामा भाग लिन भारतको आसाम जान लागेका खेलाडीहरूलाई मिर्जा राशिदले सफलताको शुभकामनासहित बिदाई गरेका छन् ।
रामु सुनार नेतृत्वको टोली भारतको आसाममा कराँते प्रतियोगितामा भाग लिन जाने क्रममा कृष्णनगरको लिंकगेटस्थितमा सहभागी हुन लागेका सम्पूर्ण खेलाडीहरूको मनोबल उच्च बनाउन खेलाडीहरूलाई खादामाला लगाई स-सम्मान बिदाई गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मी नगर बस्ने कपिलवस्तु ३ (२) प्रदेश सभा सदस्य उमेदवार युवाहरूको मनको ढुकढुकी मिर्जा राशिद बेगले खेलाडीहरू देशको नाम उच्च पार्ने सिपाही रहेको बताउदै खेलले व्यक्तिमा शारीरिक, मानसिक क्षमताको विकास गराई व्यक्तिमा सामुहिक भावनाको विकाससमेत गराउने बताए ।





