अबैध १२० केजी माछा बरामद

नवलपुर टुडे
२०७९ पुस १९ | मध्यान्ह ०२:०९ बजे

परासी । पश्चिम नवलपरासी प्रहरीले अबैध रुपमा तस्करले लुकाई छिपाई भारतबाट ल्याएको माछा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले मंगलबार बिहान ०९:०० बजे रामग्राम – १० मन्झरियास्थित बेवारिसे अवस्थामा रहेको अन्दाजी १२० केजी बैखी माछा बरामद गरेको हो । जसको मूल्य अन्दाजी २४,००० /- बराबरको रहेको छ ।
उक्त अबैधमा जिप्रकाका नवलपरासीबाट प्र.ना.नि. ओम देउभाट क्षेत्रीको कमाण्डमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई ११:०१० बजे पशु क्वारेन्टाइनको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसर भित्र खाडल खनी नस्ट गरिएको सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।





