बैकिङ कसुर ठगी मुद्दामा दिपक गैरे पक्राउ


परासी, पुस १९ । रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा रामग्राम– १८ धरमपुरका अन्दाजी ३३ बर्षिय दिपक गैरे रहेको छन । केही हप्ता अगाडि गैरेलाई रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी पश्चात उनी फरार रहेका थिए । उनलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरी आबश्यक कारबाहीका लागि रुपन्देही प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । रुपन्देही प्रहरीको अनुरोधमा उनलाई मंगलबार बिहान पश्चिम नवलपरासीबाट पक्राउ गरी आबश्यक कारबाहीका लागि रुपन्देही प्रहरीलाई बुझाएको पाण्डेयले जानकारी दिए ।
उनी रामग्राम नगरपालिका प्रमुख धनपत यादवको स्वकीय सचिवसमेत रहेको बताउदै, प्रमुख यादवको कार्यकक्षमा सधै देखिन्थ्यो । तर, नगर प्रमुख यादवले उनलाई अहिलेसम्म स्वकीय सचिव नियुक्त नगरेको जानकारी दिए ।





