गण्डकी प्रदेश

    नवलपरासीको गण्डक समस्याबारे दिर्घकालीन रुपमा समाधान गर्न सांसद चौधरीद्वारा पहल

    नवलपुर टुडे
    २०७९ पुस १९ | बिहान ११:०९ बजे

      नवलपरासी, १९ पुस । नवलपरासीमा गण्डक नहरमा देखिएको समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न संघीय सांसद विनोद चौधरीले पहल अघि बढाउनुभएको छ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित सांसद चौधरीले गण्डक नहरको चौतर्फी रुपमा समस्या समाधान गर्न भारतीय सम्वन्धीत निकाय मार्फत पहल कदमी अघि बढाउनुभएको हो ।

      photo 2023 01 03 11 55 52

      जनप्रतिनिधीको रुपमा सांसद चौधरीले भारतीय दुतावास मार्फत भारतीयको सिंचाई सम्वन्धी निकायमा गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरूको पुर्ण कार्यान्वयन साथै गण्डकबाट सिर्जित समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गर्नुभएको छ । गण्डक कमाण्ड क्षेत्रमा तीन हजार एकड जग्गामा सिंचाईका लागि डीपीआर स्वीकृत गरी छिटोभन्दा छिटो सिचाईका लागि संरचना निर्माण गर्न सांसद चौधरीले भारतीय पक्षसंग अनुरोध गर्नुभएको छ ।

      photo 2023 01 03 11 55 53

      यसैगरी बाँकी १५ हजार एकड जमिनको डीपीआर पनि नेपाल पक्षले तयार गरी भारतीय पक्षलाई बुझाएको छ । डीपीआर छिटो स्वीकृत गरी गण्डक सन्धि अनुसार कार्यान्वयन गर्न सांसद चौधरीले पत्र मार्फत भारतीय सरकारसंग अनुरोध गनुभएको हो । यस क्षेत्रकै एकमात्र सूर्यपुरा पावर हाउस सञ्चालनका लागि न्यूनतम प्रवाह आवश्यक १० हजार क्युसेक छ । गण्डकबाट भारतीय पश्चिमी मुख्य नहरमा पावर हाउसको डाउनस्ट्रीम एस्केप नहर छ । भारतीय पक्षले एस्केप नहरबाट नदीमा थप पानी छोड्न सक्छ । त्यसैले नेपालको हितको लागि बहुमूल्य जलविद्युत उत्पादन गर्न न्यूनतम प्रवाह (हिउँद र वसन्त) १० हजार क्युसेक कायम गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

      photo 2023 01 03 11 55 55

      यसैगरी अनुरोध पत्रमा गण्डक पश्चिमी मुख्य नहरमा एक लेन पुल छ । यो हुलाकी राजमार्गको चौराहको बिन्दु हो । नेपालले हुलाकी राजमार्गको स्तरोन्नति गरिरहेको छ । यो स्तरोन्नतिका लागि भारतले पनि आर्थिक सहयोग गरिरहेको छ । पूरै हुलाकी राजमार्ग डबल लेनको लागि बनाइएको छ । चौराहेको पुल एक लेनको छ । ३३ आरडीमा दोहोरो लेनको पुल निर्माण गर्न अनुरोध उल्लेख गरिएको हो ।

      photo 2023 01 03 11 55 57

      अनुरोध पत्रमा रायपुरवाखोलामा दुईवटा पुल निर्माण; जुन बाढीले बगायो भन्ने विषयमा द्विपक्षीय बैठकमा छलफल भइसकेको छ । आयोजना प्रभावित जनताको आवतजावतका लागि दुईवटा पुल पुनर्निर्माण गर्न अनुरोध गरिएको छ । गण्डक आयोजनाको भारतीय पश्चिमी मुख्य नहरले उत्तरदेखि दक्षिणतिर बग्ने धेरै स्थानीय नालाहरू पार गर्दछ । WMC(डब्लुएमसी) मा नहर साइफनको सिमित संख्याको कारणले खेती योग्य जमीनमा डुबान हुन्छ र बर्षेनी मनसुनको समयमा WMC (डब्लुएमसी) को माथिको बाली डुबानका कारण बालीनालीको नोक्सानी कम गर्न 5Rd\, 16 Rd\ / 24 Rd\ मा साइफनहरू नियमित सफा गर्न अनुरोध गरिन्छ । यस समस्याको दीर्घकालीन समाधानका लागि साइफनमा थप ब्यारेल राखेर थप साइफन निर्माण गर्ने वा विद्यमान साइफनको क्षमता बढाउने सम्भाव्यता अध्ययन गर्न पनि अनुरोध पत्रमा उल्लेख गरिएकोछ ।

      photo 2023 01 03 11 55 59

      पश्चिमी नेपाल नहरको कमाण्ड क्षेत्रमा झरही र धनेवा गरी दुईवटा मुख्य खोला छन्। यी दुई खोला भारत–नेपाल सीमानाको माथिल्लो भागमा मिल्छन् । नेपालमा करिब ८० मिटर लम्बाइ भएको पुल छ । भारतीय भू–भागमा बग्दा झरही खोलाको चौडाइ एकदमै कम छ । जसले गर्दा निस्कने क्षमतामा ह्रास आएको छ । घटेको डिस्चार्ज बोक्ने क्षमताले नेपालमा पानीको सतह बढाएर ठूलो क्षेत्रफलमा धानबाली डुबानमा परेको छ । त्यसैले भारतीय भू–भाग खोलाको चौडाई कायम गर्न अनुरोध पत्रमा उल्लेख छ ।
      वर्षेनी बाढीले नेपालमा ठूलो क्षेत्रफलको बालीनाली क्षति पु¥याएको छ। सन्धि अनुसार क्षतिपूर्ति रकम गण्डक सन्धिको दफा ३ र ८ बमोजिम द्विपक्षीय बैठकमा प्रमाणसहित २ अर्ब ९३ करोड दाबी गरिएको छ ।

      photo 2023 01 03 11 56 01

      त्यसैबेला नेपाल सरकारले तत्काल बाढीपीडितलाई उक्त मुआब्जा बापतको रकम दिनसमेत भारतीय सरकारसंग सांसद चौधरीले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

      photo 2023 01 03 11 56 03

        कमेन्टहरु