मौसम

    आज तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०७९ पुस १९ | बिहान ०७:०९ बजे
    फाइल तस्बिर

      काठमाडौ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ ।

      आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

      हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

        कमेन्टहरु