पोखरा अन्तराष्ट्रीय विमानस्थलमा आयो हिमालय एयरलायन्सको जेट जहाज


पोखरा । हिमालय एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
कम्पनीको न्यारोबडी एयरबस ए३२० नाइनएन–एएलभीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा अवतरण गरेको हो । पोखरा विमानस्थलका उच्च अधिकारीहरुले हिमालय एअरलाइन्स टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष, सञ्चालकलाई स्वागत गरेका थिए । त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाण्डौमा अवतरण गरेको थियो।
यसका साथै यो जहाज पोखरामा अवतरण गर्ने पहिलो एयरबस बनेको कम्पनीको दाबी छ । विमानलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एयरलाइन्स टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डीलाई स्वागत गरेको जनाइएको छ । त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
कार्यक्रममा एयरलाइन्सका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए । कम्पनीको एयरबस ए३२० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरूको सहर पोखरा भ्रमण गर्न विश्वभरि सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।
विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इञ्चार्ज जितेन्द्र यादवले बताए । हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादबले बताए। यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौं र पोखराका पर्यटन व्यवसायीसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ ।





