समाचार

    रामग्राम नगरपालिकाले सुनेन ब्यापारी तथा स्थानियको गुनासो : जाडोमा स्थानीय दाउराको पखाईमा

    नवलपुर टुडे
    २०७९ पुस १८ | मध्यान्ह ०४:०९ बजे

      नवलपरासी, पुस १८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दाउरा नबाड्दा ब्यापारी तथा स्थानियहरु यस्तो जाडोमा पनि व्यापार गर्न बाध्य छन् भने स्थानियहरु अहिले पनि पखाईमा छन् । बिगतका वर्षहरुमा जाडो सुरु हुने बित्तिकै नगरपालिकाले दाउरा बितरण गर्ने गरेको थियो तर अहिले नया मेयर धनपद यादबले त्यसमाथि कुनै चाँसो लिएका छैनन् ।

      यस्तो जाडोमा आफू हिटर लगाएर अफिस बसेको तर आफ्नो क्षेत्रको जनतालाई भने वेवास्ता गरेको स्थानियहरुले आरोप लगाउँदै परासीको बजारको केही स्थानमा आफ्नो भन्नेहरुलाई मात्र दाउरा बितरण गरेको गुनाँसो परासीका ब्यापारी तथा स्थानियहरुले गरेका छन् । सेवा प्रवाहको लागि टाढा टाढाबाट आएर ब्यापारीहरु चिसो मौसममा पनि पसल खोलेर बस्छन् । व्यापार होस वा न होस तर नगरपालिकालाई कर बुझाईरहेका ब्यापारीहरुको लागि मेयरले केही न गरेको गुनासो पोखेका छन् ।

      ‘मरिहत्ते गरी सपोर्ट गरेर जिताएका जनताहरुले विभिन्न सामाजिक सन्जाल मार्फत जानकारी गराउदा अहिलेसम्म पनि दाउराको ब्यवस्थापन गर्न नसक्ने कस्तोलाई जिताईयो’ भनेर पीडा पनि राखेका छन् । फोन सम्पर्कमा कुरा गर्दा भोलि आउँछ भनेको एक हप्ता बितिसक्दा पनि अहिलेसम्म कुनै किसिमको जाडोबाट बच्न ब्यवस्थापन नगराएको भनेर स्थानीयले बताएका छन् ।

      हरेक बर्ष स्थानीयलाई बाड्नको लागि आउने दाउरा नगरपालिकाले अन्देखा गरेपछि वडाले पनि त्यस बिषयमा केही गर्न नसकेको पाईएको छ ।

        कमेन्टहरु