देश

    पश्चिम नवलपरासीको धनेवाबाट लुकाई छिपाई अवस्थामा राखिएको अबैध मल र चिनी बरामद

    नवलपुर टुडे
    २०७९ पुस १८ | मध्यान्ह ०४:०९ बजे

      नवलपरासी, पुस १८ । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १३ धनेवाबाट प्रहरीले अबैध मल र चिनी बरामद गरिएको छ । सोमबार दिउँसो २ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेशपुर, ईलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरबाट खटिएको संयुक्त टोलीले उक्त मल र चिनी बरामद गरिएको हो ।

      बिशेष सूचनाको आधारमा खटिएको टोलीले स्थानीय पिताम्बर पौडेलको खाली गोठमा अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा चिनी ३३ बोरा (अक्षर रुपैयाँ १ लाख), डिएपी मल ३८ बोरा (अक्षर रुपैयाँ ३१ हजार) र युरिया मल १२१ बोरा (अक्षर रुपैयाँ १ लाख) गरी जम्मा रु २ लाख ३१ हजार बराबरको अबैध सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

      उनका अनुसार बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ । उक्त अबैध सामान को ? कस्को ? र को कस्ले ? राखेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

        कमेन्टहरु