प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

नवलपुर टुडे
२०७९ पुस १८ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।
गत पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले संसद्का महासचिवलाई सम्बोधन गर्दै २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन् ।
नेपालको संविधानको ६७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था छ । प्रचण्ड नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।






