कोइला बालेर सुत्दा निसासिएर भारतमा कैलालीका तीन नेपालीको मृत्यु

नवलपुर टुडे
२०७९ पुस १८ | मध्यान्ह ०२:०९ बजे

कैलाली, पुस १८ । कोठामा कोइला बालेर सुत्दा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ ।
भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्कामा बस्दै आएका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको हो ।
भारतको मेरठमा मजदुरी गर्दै आएका भुलको परिवार बन्द कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा मृत फेला परेको आफन्त गोपी भुलले बताए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।





