एमाले बुद्धभुमी – २ का वडा सचिवलाई मातृ शाेक

नवलपुर टुडे
२०७९ पुस १८ | मध्यान्ह ०२:०९ बजे

कपिलवस्तु, पुस १८ । नेकपा एमाले बुद्धभुमि – २ का वडा कमिटि सचिव शिवलाल ओलीलाई मातृ शाेक परेकाे छ । ओलीकाे आमा हरिकला ओलीकाे पुस १३ गते निधन भएकाे बताईएकाे छ ।
२०१६ सालमा जन्मिनु भएकी हरिकला आफ्नाे परिवार सहित गाेरुसिङ्गेमा बस्दै आउनु भएकाे थियाे । हरिकलाकाे निधन प्रति एमाले वडा र नगर कमिटिले दुःख व्यक्त गरेकाे वडा कमिटि अध्यक्ष जिवलाल पाैडेलले बताउनु भयाे ।
उहाँकाे निधनले एमाले प्रति आश्थावान शुभेच्छुक गुमाएकाे पाैडेलले बताउनु भयाे ।





