नवलपरासीमा लाखौ मुल्यको अबैध सामान बरामद


परासी । पश्चिम नवलपरासीमा तस्कर गरेर ल्याईएको अबैध सामान बरामद गरिएको छ । आइतबार बिहान ६ बजे अबैध सामान जिल्लाको रामग्राम – ४ स्थित हुलाकी सडक खण्डमा बेवारिसे अवस्थामा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट प्रसनि चोप बहादुर केसीको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको अबैध सामानहरु फेलापारी नियन्त्रणमा लिएको छ ।
बेवारिसे अवस्थामा रहेको अबैध सामान टाईल ठुलो खालको ८ प्याकेट (३२ पिस ) ४००/- रु.३२००/-, टाईल सानो खालको १० प्याकेट (६४ पिस)३००/- रू.३०००/-, मोवाईको कवर २४०० पिस ४५/- रू.१०,८०००/- र बल्ब २०० पिस १५/- रू.३०००/- जम्मा रु. १,१७,२००/- अक्षरुपी एक लाख सत्र हजार दुई सय रुपियाँको सामान बरामद गरिएको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत भोजराज पाण्डेले जानकारी दिनुभएको छ ।





