समाज

    ख्रिष्टियन समुदायमा पनि जातीय विभेद ? बिवाहकाे समयमा किन आउँछ जातीय बिषय ?

    नवलपुर टुडे
    २०७९ पुस १७ | मध्यान्ह ०५:०९ बजे

      काठमाडौ । चाैधवटा हाँगा पचहत्तरवटा पात र पाँचवटा पुल भएकाे रुखकाे नामले परिचित देश नेपाललाई गणतन्त्रकाे बहानामा सात प्रदेश र सतहत्तर जिल्लामा बिखण्डल गर्दै गणतन्त्र घाेषणा गरियाे । २०६२/०६३ काे जनआन्दाेलनकाे उपलब्धीबाट आर्जेको यहि गणतन्त्रका कारण राजनितिमा धेरै परिवर्तनहरु नभएकाे होइन । तर, तिनै परिवर्तीत राजनितिकाे मुख्य एजेन्डामा रहेकाे जातीय विभेद भने परिवर्तन हुन सकेकाे देखिन्न ।

      राजनिति परिवर्तन सँगै आएकाे धर्म निरपेक्षकाे एजेण्डाले केही हदसम्म विशेष गरेर हिन्दु धर्मावलम्वी समुदायबाट धर्मकै कारण मानिसले मानिसलाई गरिने विभेदबाट पिडित भएकाे प्राय: दलित समुदायहरुले दिनहुँ अन्य धर्ममा शरण लिन बाध्य भएकाे जगजाहेर छ । बिज्ञानले पनि जाती अगल भन्दैन, धर्मले पनि जाती अलग हाे भन्दैन तर, देखका साथ भन्नू पर्दा तिनै धर्मका ठेकेदार र पुरातन धर्मवादीहरुकाे साेच परिवर्नत नहुँदा दिनहुँ धर्म परिवर्तनकाे संख्या बढ्दाे छ । जसमा विशेष गरि पश्चिमा देशका नागरिकहरुले अनुसरण गरेकाे धर्म (इसाई) हाे ।

      इसाई धर्म शास्त्रकाे उत्पति १ काे १७ ले भन्छ, ” संसारकाे सबै थाेकहरुकाे सृष्टि पछि नर र नारीकाे सृष्टि गरियाे” अनि यहि धर्मका अनुयायीहरु सच्चा विभेद नभएकाे धर्मका नागरिक हाैँ भनिरहँदा केही धर्म गुरुहरुकै कारण जातीय बिषय लिएर बिवाह भाँडिएकाे उदाहरण पनि याे समाजमा देखिएकाे छ भने विभिन्न चर्चहरुबाट याे बिषय बाहिर आउन थालेकाे छ।

      प्रस्न कहाँ छ भने, न त धर्मले नत बिज्ञानले नत राज्यकाे कानुनले नै जातिय विभेद गर्नु भनेकाे छ ? तर पनि समाजमा दिनहुँ याे बिषय समस्याकाे पहाड बन्न थालेकाे छ । सृष्टि गरिए मध्येकाे असल, चेतनशील, सहनशील र मिलापकाे जाति त यिनिहरु होइनन र जाे छिमेकीलाई आफैलाई झै प्रेम गर्छन् ? यिनै जातिहरु होइन आफ्नाे खास्टाे खाेस्नेलाई दाैरासमेत दिने ? यिनै जाति होइन दायाँ गालामा थप्पड लगाए बायाँ गाला पनि थापी दिने ? अनि एउटै सृष्टिकर्ताकाे आराधना एउटै चर्च हलमा गर्न सकिने तर, बिबाहकाे समयमा किन जातिय विभेद ?

      साँचाे, सत्य र प्रेमिलाे पर्मेस्वरकाे सरणमा आएका उहाँका मानिसहरुलाई याे देशमा धर्मकै नाउँमा र पेसाकै आधारमा स्तर फरक मात्र होइन, तेही भगवानलाई पुज्नु पनि विभेद गरिएका कारण आज हिन्दु धर्मका केही ठेकेदारहरुले फाईदा त लिए हाेला तर, त्यस धर्म र सम्प्रदायबाट तिरस्कृत मानिसहरुलाई स्वार्थकै लागि मात्र ख्रिष्टियन पादरीहरुले पनि निरन्तरता दिनु उचित छ त ?

      देशकाे विभिन्न शहरहरुमा संचालित चर्चहरुमा दशांस,मुट्ठी रदान, मिसन भेटी लगायतका शिर्षकमा रकम संकलन गरिन्छ तर त्याे रकमबाट न राज्यलाई राजस्व तिरिन्छ न पारदर्शी तवरले चर्चका सदस्यहरुकाे जीवन स्तर उकास्न मै खर्चिन्छ । तसर्थ ख्रिष्टियन आस्थाका मानिसहरु साच्चिनै संसारका मानिसहरु भन्दा फरक छन् । याे मानेमा कि उनिहरु दयालु छन् तर, दिनमा भन्दा लिनमा मात्र।

      जातिय बिषयलाई लिएर मगनी पश्चात् समेत पास्टरले नै बिवाह भाड्याे भनेर मेराे सम्पर्कमा आउनु भएका प्रेम जाेडीहरु दर्जनाैँ छन्, चर्चमा आर्थिक अनियमितता भयाे भनेर गुनासाेसहित आउने तीन दर्जन हाराहारीमा छन् भने विभिन्न प्रलाेभनमा पारेर धर्म गुरुहरुले नै चर्चका साेझा बिश्वासीहरु माथि बेभिचार गरेकाे दसखेसाे पनि दर्जनाैँ छ । के इसाई धर्म भित्र धर्म शास्त्रले दिएकाे ज्ञान यहि हाे त ? धर्म गुरुहरुलाई ?

      २१औँ शताब्दीका युवा युवतीहरु समाज र राष्ट्र परिवर्तनका खम्बाहरु हुन्, हामीले नै उठाउनाे छ । जिम्मेवारी जुन समाज र समुदायमा रहे पनि तर यिनै युवाहरुलाई गलत प्रयाेगमा लगाउनाले न समाज बदल्न सक्याै न समुदाय तसर्थ अब नसुधारिए कहिले सुधारिने ?
      सृष्टिकर्ताकाे कानुनमा रहेर समाजमा बाँचे पनि राज्यकाे कानुन पालना गर्नै पर्छ र माथि उल्लेखित बिषयमा अवस्य राष्ट्रकाे निकायमा समन्वयसहित कानुनि बाटाहरु अब खाेज्नै पर्ने समय भएकाे छ।

      लेखक:- सुचना चौतारी डट्कमका प्रबन्ध निर्देशक हुन् ।

      photo 2023 01 01 17 32 43

        कमेन्टहरु