प्रधानमन्त्री दाहालद्वारा पोखरा विमानस्थलको उद्घाटन (तस्बिरहरु)

नवलपुर टुडे
२०७९ पुस १७ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा उनले पानसमा दीप बालेर सो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाललगायत नेताहरुको उपस्थिति थियो ।
त्यसअघि, सो क्षेत्रमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति थियो ।









