अंग्रेजी नयाँ बर्ष भव्य र सभ्य तरिकाले मनाउन दुबेको आग्रह


पर्सा, पौस १७ । अंग्रेज़ी नयाँ बर्ष २०२३ भव्य र सभ्य तरिकाले मनाउन दुबेले आम नेपाली नागरिकलाइ आग्रह गर्नु भएको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ७ निवासी तथा जनगुनासो डेली डट कमका कार्यकारी सम्पादक उमेश दुबेले नेपाली नागरिकलाई अंग्रेज़ी नयाँ बर्ष २०२३ भव्य र सभ्य तरिकाले मनाउन आग्रह गर्नु भएको हो ।
जाड रक्सीको कुलतमा नफसेर मासु अथवा बिभिन्न परिकारको भोजन गरी अंग्रेज़ी नयाँ बर्ष मनाउन फेटा गाउँपालिकावासी लगायत नेपाली नागरिकलाई दुबेले आग्रह गरेको हो । आइतबार बिहान फेटा गाउँपालिका वडा नम्बर १ स्थित संचालनमा रहेको बगैचा कटेजमा आयोजित युवा समाज भेलामा कार्यकारी सम्पादक उमेश दुबेले जाड रक्सीको प्रयोग गरि सवारी साधन चलाएकै कारण दुर्घटना हुने गरेकोले जाड रक्सी सेवन गरि सवारी साधन नचलाउन आग्रह गरेका छ ।
युवा समाज भेलामा फेटा गाउँपालिका भित्र जाड रक्सीको कुलतमा फसेकाहरूलाई सुधार गर्नेतर्फ पालिकाले हालसम्म कुनै कदम नचालेको दुबेले आरोप लगाउनु भयो । उहाँले स्थानीय पालिकाबाट जाड रक्सीको कुलतमा फसेकाहरूलाई सुधार केन्द्रको ब्यवस्थापन गराउनमा पहल गरिनेसमेत बताउनु भयो । स्थानीय फेटा गाउँपालिकालेसमेत उक्त पहलमा ध्यान पुरयाई कुलतमा फसेकाहरूको लागि सुधार केन्द्रको ब्यवस्थापन गरिने बिश्वास लिएकोसमेत बताउनु भयो । कार्यकारी सम्पादक उमेश दुबेले यस बिषयमा फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारी सङ्ग सहकार्य गरी छिट्टै सुधार केन्द्रको ब्यवस्थापन गरिने बताउनु भयो ।
युवा समाज भेलामा फेटा गाउँपालिका वडा नम्बर १ निवासी बिक्कि महतो, राजेश कुश्वाहा, अनिल सिन्हा, कृष्ण कुश्वाहा, मानिकचन्द साह वडा नम्बर ४ निवासी हेमचन्द्र यादव, सिपाही प्रसाद यादव लगायत दर्जनौ अभिभावकहरूको उपस्थित रहेको थियो ।





