मकवानपुरमा पिकअप दुर्घटना : एकको मृत्यु, ९ जना घाइते


हेटौँडा, पुस १७ । मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिकै पिकअप गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका राहुलकुमार पण्डित रहेको छ । गम्भीर घाइते भएका पण्डितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा सोही स्थानका अजय चौरसिया, भारत झारखण्ड बस्ने वर्ष ३६ को विजय दास, वीरगन्ज महानगरपालिका १७ बस्ने वर्ष १८ को सुमित गुप्ता, सोही स्थानका वर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका – ३ मुसरहवा बस्ने शिवजी साह, धिरज चौरसियापप्पु कुमार गुप्ता र उमेश कुस्वाह घाइते भएका छन् ।
उनीहरूको हेटौँडाको विभिन्न स्थानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





