समाचार

    झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    नवलपुर टुडे
    २०७९ पुस १७ | बिहान ११:०९ बजे
    फाइल तस्बिर

      झापा, पुस १७ । झापामा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना वृद्ध घाइते भएका छन् । 

      आक्रमणबाट मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ निवासी ६१ वर्षीया कृष्णमाया भण्डारी रहेको र घाइते हुनेमा उनका श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान साढे २ बजेतिर एउटा छावासहित चारवटाको सङ्ख्यामा आएका हात्ती बस्तीमा पसेका थिए ।

      बस्तीमा पसेको हात्तीले घर भत्काउन थालेपछि सुतिरहेका भण्डारी दम्पती बाहिर निस्किएका थिए । त्यही क्रममा हात्तीले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते कृष्णमायाको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो ।

      घाइते शान्तिरामको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु