माओवादी गण्डकी प्रदेश दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत

नवलपुर टुडे
२०७९ पुस १७ | बिहान १०:०९ बजे

पोखरा, पुस १७ । गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
२०७४ को निर्वाचनमा पनि उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नै निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए । पछि कांग्रेससँगको गठबन्धनमा भने उनी मन्त्रीमण्डलमा सहभागी भएनन ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ । पछिल्लो गठबन्धनमा चुमानले मुख्यमन्त्रीमा दाबी गर्दै आएका भए पनि एमालेका खगराज अधिकारीको सम्भावना बढी देखिन्छ ।





