लुम्बिनी प्रदेशसभाका सांसदहरुको शपथग्रहण आज


रुपन्देही, पुस १७ । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आज (आइतबार) शपथग्रहण गर्ने भएका छन् ।
प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा दिउँसो १ बजे शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । आज ८७ जना प्रदेश सभा सदस्यमध्ये केहीले मातृभाषा शपथग्रहण गर्दै छन् । यसरी शपथग्रहण गर्नेमा जनमत पार्टीका र जसपाका रहेका छन् ।
संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी, चन्द्रकेश गुप्ता, कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन् । यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्ने छन् । उनीहरुलाई ज्येष्ठ सदस्य डिल्लीराज भुसालले शपथ खुवाउनेछन् ।
यस्तै संसद् अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ सचिव पुनले बताए । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य भुसालले नै बैठक सञ्चालन गर्नेछन् ।





