नयाँ वर्ष मनाउन नेपाल आउदै थिए निराकर, अन्तिम समयमा छोरासंग भएको कुराकानीले सिंगो देशलाई नै रुवाएर गए


बुटवल । बिहीबार राति पूर्वी एसियाली मुलुक कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको पुष्टि हुँदा मृतकमध्ये एक जना नेपाली रहेको खुलेको छ । एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएका झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।
थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा त्यहाँ सयौँ मानिसहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको ।
यसरी मृत्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे । सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२औँ तलाबाट हामफाले ।
हामफाल्दा उनको मृत्यु भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । निराकारको शव पहिचान भइसकेको र नेपाल ल्याउने प्रक्रियाका लागि थाइल्यान्डस्थित नेपाल राजदूतावासको समन्वयमा उनको शव ल्याउने प्रयास भइरहेको छ । काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए निराकार ।
छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ । आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो । मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ भन्दै उनका बाबु अग्निप्रसाद पाण्डे भन्नुहुन्छ ।
क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको थियो । यसरी मृत्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे ।
अन्तिम समयमा छोरासंग भएको कुराकानीमा आधारित:
अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै मायाँ गर्छु। बाबा अलवेज लभ्स यू।’त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’
पाण्डेले छोरासँग गरेको कुराकानीः सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधै सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है।
लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिलै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।
उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ।
उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु। भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ। तिमीसँग बिताएका पलहरू सधै यादगार रहनेछन्।
सधै शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इन्जत गर्नू, ज्ञानी बस्नू र सम्मान गर्नु भन्दै आगोको लपेटा बढेपछि १२ तल्लाबाट हाम फाले ।





