राजनीति

    प्रधानमन्त्रीसँग गृहमन्त्री लामिछानेको भेटवार्ता, सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल

    नवलपुर टुडे
    २०७९ पुस १६ | बिहान १०:०९ बजे

      काठमाडौ । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

      गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए । उनले भने, ‘गृहमन्त्रीजी र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हो ।

      त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि उहाँहरूबीच छलफल भएको छ । त्यसका लागि गृहले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।’

      सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले देशकै संघीय प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार प्रवेशमा कडाइ गर्दै आएको छ ।

        कमेन्टहरु