बुटवलमा जिप दुर्घटनामा एक मृत्यु, दुई जना घाईते

नवलपुर टुडे
२०७९ पुस १६ | बिहान १०:०९ बजे

बुटवल । रुपन्देहीको बुटवलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका-१ का २८ वर्षीय रोशन गिरीको प्रहरीले जानकारी दिएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको जिप गएराति बुटवलको अस्पताल लाइनमा दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो ।
तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । जिप दुर्घटनामा गौमुखी गाउँपालिका-१ का २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन् । घाइतेमध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।





