बिश्व

    इजरायलको प्रधानमन्त्रीमा नेतान्याहुले लिए शपथ

    नवलपुर टुडे
    २०७९ पुस १६ | बिहान १०:०९ बजे

      काठमाडौ । इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् ।

      संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको शपथ लिएका हुन् । नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा शपथ लिएका थिए ।

      संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।

      इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो । तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् ।

        कमेन्टहरु