देश

    कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७९ पुस १६ | बिहान ०८:०९ बजे

      कपिलवस्तु । कपिलवस्तुमा नीलगाई​ मार्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान, महाराजगंज वडा नम्बर २ पडरियाका ३८ वर्षीय नसरुल्लाह मुसलमान र सोही स्थानका २१ वर्षीय मोहम्मद ईमरान मुसलमान रहेको छ ।

      नियन्त्रणमा लिएका व्यक्तिलाई वन्यजन्तु सम्बन्धी ऐन अनुसारको मुद्दा चलाई थप अनुसन्धान गरिने सहायक वन अधिकृत शाहले जानकारी दिए । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

      सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नदीको बगरमा भागबन्डा गर्दै गरेको अवस्थाको निल गाईको खुर भएको दुई वटा खुट्टासहितको १२ किलो मासुसहित तीन जनालाई नियन्त्रणमा लिएर वनलाई बुझाएको सव वन डिभिजन कार्यालय चेतरादेहीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिए ।

      नियन्त्रणमा लिएका व्यक्तिलाई वन्यजन्तु सम्बन्धी ऐन अनुसारको मुद्दा चलाई थप अनुसन्धान गरिने सहायक वन अधिकृत शाहले जानकारी दिए ।

        कमेन्टहरु