क्षेत्री समाज नेपाल नवलपरासीको नवनिर्मित भवन उद्घाटन, समाजद्वारा सम्मान तथा वनभोज कार्यक्रम


परासी । क्षेत्री समाज नवलपरासीले आफ्नो नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजले सो क्रआ सम्मान तथा वनभोज कार्यक्रमसमेत सम्पन्न गरेको छ । राष्ट्रिय अखण्डता, जातिय सद्भाव, क्षेत्रिय एकता आजको आवश्यकता भन्ने मुल नारा सहित क्षेत्री समाज नेपाल नवलपरासीले आफ्नो नवनिर्मित भवन उद्घाटन गरि सो क्रममा सम्मान तथा वनभोज कार्यक्रमसमेत गरिएको हो ।
कार्यक्रम पश्चिम नवलपरासीको बर्दघाट- १६ सुर्यनगरमा सम्पन्न गरेको हो । क्षेत्री समा का जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षता तथा समाजका केन्द्रिय अध्यक्ष प्रध्यापक दिलबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले नेपालका प्रजातान्त्रिक आन्दोलनदेखी देशका विभिन्न आन्दोलनमा क्षेत्री समाजको महत्तवपुर्ण भुमिका रहेतापनि राज्यले ब्राह्मण क्षेत्रीलाई जातकै आधारमा विभेद गरेको हुदा दबाबका लागी जातिय संगठन हुन आवश्यक रहेको बताउनुभयो ।
साथै उहाँले समाज रुपान्तरण र आफ्नो सम्पदा जगेर्नाका लागी समाजले अग्रणी भुमिका खेल्नु पर्ने बताउनुभयो । सो अवसरमा बिशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेश सदस्य खड्क बस्नेतले आफ्नो भाषा, भेषभुषा र रहनसहनलाई बचाई राख्न पहिचानसहित संगठित हुनु पर्ने बताउदै कुनैपनि जातिय संगठनले समाजमा समाजिक सदद्भाव खलबलिने खालका क्रियाकलाप नगरी सबै समुदायसंग मित्रवत सम्बन्ध राख्दै अगाडी बढ्न सके देशमा समृद्धि ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर थापा, समाजका बर्दघाट नगर कमिटि अध्यक्ष खमबहादुर खत्री, उत्तमध्वज के.सी लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा समाजले बर्दघाट- १६ मा निर्माण गरेको समाजको बहुउदेश्य भवनकोसमेत प्रमुख अतिथिद्धारा उद्घाटन गरिएको थियो ।
सो भवन विभिन्न संघ संस्था र समाजसेवीको सहयोगमा करिब ३६ लाख ७० हजारको लागतमा निर्माण भएको समाजको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।कार्यक्रममा भवन निर्माणमा अत्याधिक आर्थिक सहयोग गर्नुहुने बर्दघाट निवासी लालबहादुर अधिकारी र सुखाराम चौहानलाई र समाजमा आवद्ध क्षेत्रीहरुका उच्च शिक्षा हासिल गरेका ९ जना छात्र छात्राहरुलाई सम्मान पत्रहरुले सम्मान गरेको थियो । सहयोगी चौहान र अधिकारीले समाजको भवन निर्माणका लागी १२/१२ लाख बराबरको जग्गा प्रदान गर्नुभएको थियो ।
सो अवसरमा समाजबाट प्रदेशसभामा विजयी हुनु हुने खड्क बस्नेतलाईसमेत सम्मान गरिएको थियो । सो अवसरमा अष्ट्रेलियामा अध्ययनरत स्वेता खड्काद्धारा १ थान ल्यापटपसमेत समाजलाई हस्तान्तरण गर्नु भएको थियो। समाजका बरिष्ठ उपाध्यक्ष मञ्जु खत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन सचिवमानबहादुर खत्रीले गर्नुभएको थियो ।
क्षेत्री समाज पश्चिम नवलपरासीले समुदायमा रक्तदान, आँखा शिबिर लगायत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको र समाजले पश्चिम नवलपरासीका ३ स्थानमा आफ्नो भवन र त्रिवेणीघाटमा अत्याधुनिक दाहसंस्कार गृह निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।





