स्वास्थ्य

    रुपन्देहीको सियारीमा निःशुल्क स्वास्थ्य शिविर संचालन

    नवलपुर टुडे
    २०७९ पुस १५ | मध्यान्ह ०५:०९ बजे

      बुटवल, पुस १५ । रुपन्देहीको सियारी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर गरिएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी नागरिकहरुले स्वास्थ्य जाँच गराएका छन् ।

      सियारी गाउँवासीलाई स्वस्थ राख्ने उद्देश्यले गाउँपालिको वार्ड २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रस्तुति सेवा तथा बालरोग सेवा र आँखाको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । रोगका विषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिविर प्रभावकारी बन्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए ।

      गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीवासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरूप स्वास्थ्य शिविर राखिएको बताए । शिविरमा आउन नसक्ने ज्येष्ठ नागरिक तथा अशक्त र असहाय नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा दिँदै आएकोसमेत उनले बताए ।

        कमेन्टहरु