देश

    माओवादी केन्द्र ब्यूतिय संगै ( वाईसीएल) पनि ब्यूँतियाे

    नवलपुर टुडे
    २०७७ चैत्र ५ | मध्यान्ह ०६:१२ बजे

      चैत ५,काठमाडौं ।
      नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो ।

      बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
      भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले नवलपुर टुडे लाई जानकारी दिए ।

      राष्ट्रिय भेलाअघि टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।
      बैठकले राष्ट्रिय भेला अगाडि दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ।

        कमेन्टहरु