मनोरन्जन

    नवलपरासीमा छायांकन गरिएको “आइल माघी” थारु भिडियो सार्वजनिक(भिडियो सहित)

    नवलपुर टुडे
    २०७९ पुस १५ | मध्यान्ह ०२:०९ बजे

      रामजी प्रजापति
      परासी । पश्चिम नवलपरासीमा माघे संक्रान्तिको उपलक्ष्यमा एउटा थारु भिडियो छायांकन गरिएको छ । थारु भाषा र संस्कृति झल्किने गरि तयार पारिएको यो भिडियो धेरैनै रोचक रहेको छ । यो भिडियोमा एक अर्काको बयान र कसरी मिलेर जीवन अगाडि बढाउने र माया परेपछि कसरी जीवनको अन्त्यसम्म सङ्गै मिलेर लैजाने भनेर उक्त भिडियोमा दर्शाएको छ ।

      बिगतमा धेरै फिल्म, भिडियोमा असलिलता फैलाउदै आईरहेका मिल्म मेकरहरुको मुखमा स्वच्छ र सान्दर्भिक रुपले आफ्नो सस्कृती झल्किने गरि सबैले आफ्नो घर परिवारसंगै बसेर हेर्न मिल्ने राम्रो भिडियो बनेको राज हर्सितले जानकारी दिएको छ ।

      उक्त भिडियोमा सस्कृती भेष भुषा संगै प्राकृति सम्पदाको पनि भिडियोमा देखाईएको छ । किसानले गरेको मिहिनेत कसरी पहेलो फुलको रुपमा परिणत गरेको छ त्यो सबै भिडियोमा देख्न सकिन्छ । उक्त भिडियोमा राज हर्सित र उमा चौधरीले सुमधुर आवाज दिएको छ भने, एरेन्ज केशवराज थारु र केदार पान्डेको रहेको छ । उक्त गीत त्रिवेणी फिल्म भुमुही स्टुडियोमा भएको छ । भिडियो क्यामेरा र डाईरेक्सनमा केशवराज थारु रहेका छन भने ड्रोनमा भुवन मौर्य छन । मेन आर्टिस्टमा राज हर्सित र आयसा गुरौं रहेका छन ।

        कमेन्टहरु