समाचार

    मर्स्याङ्दी नदीमा सशस्त्र प्रहरी जवान बेपत्ता 

    नवलपुर टुडे
    २०७९ पुस १५ | मध्यान्ह ०१:०९ बजे

      लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका- ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । 

      बेपत्ता पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, विजुलीकोट (साविक विजुलीकोट गाविस ४) का महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।

      लमजुङको बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेको हो ।

      सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर खोजतलास भइरहेको छ ।

      बेंसीसहरबाट शुक्रबार बिहान मनाङतर्फ गएका उनी पिसाब फेर्न जाने क्रममा मर्स्याङ्दी नदीमा लडेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु