लुम्बिनी प्रदेश

    सिजी नानो युरिया – झोलप्रति किसानहरुको आकर्षण बढ्दै

    नवलपुर टुडे
    २०७९ पुस १५ | मध्यान्ह १२:०९ बजे

      नवलपरासी, १५ पुस । चौधरी समूह अन्तर्गतको सिजी एग्रोले नेपाली बजारमा ल्याएको सिजी नानो युरिया झोल प्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । नेपाली बजारमा हरेक समयमा अभाव हुदै आएको दानेदार युरिया मलको उचित विकल्पको रुपमा सिजी नानो युरिया (झोल मल) प्रति किसानहरुको आकर्षण बढ्दै गएको पाईएको हो ।

      photo 2022 12 30 12 28 38

      नवलपरासी र रुपन्देही जिल्लामा पछिल्लो पटक किसानहरु संग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी किसान तथा कृर्षी संग आबद्ध अगुवाहरुको भनाई अनुसार नानो प्रविधिबाट निर्मित तरल मलले दानेदार युरिया मलको उचित विकल्प बन्न सक्छ ।
      चौधरी समुह अन्तर्गत रहेको सिजी एग्रोले नानो युरिया मल बजारमा ल्याएको हो । यो झोल मल भारतको ‘इन्डियन फर्मर फर्टिलाइजर कर्पोरेटिभ लिमिटेड’ले उत्पादन गरेको छ । नानो युरिया वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वास्थ्य वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकारात्मक प्रभाव नपर्ने कम्पनीले बताएको छ ।

      उक्त मलले कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन र लागत घटाउन सहयोग हुने सिजी एग्रोका बजार म्यानेजर अशोक खड्काले जानकारी दिनुभयो । नानो युरिया अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, लगायत अन्य सबै बाली तथा बोटबिरूवामा छर्कन सकिन्छ ।

      एक लिटर सफा पानीमा दुईदेखि चार मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिन्छ । यसलाई अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिने कम्पनीले जनाएको छ । यसको नाम ‘सिजी–इफ्को नानो युरिया’ राखिएको छ । पश्चिम नवलपरासीमा भएको सरोकालहरुको छलफलमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीले बजारमा युरिया दानेदार मलको अभाव भईरहेको अवस्थामा सस्तो दर र सहजै प्राप्त हुने नानो युरियाले किसानहरुलाई राहतको महशुस हुने बताउनुभयो ।

      photo 2022 12 30 12 28 46

      बिरुवाको वृद्धि हुने महत्वपूर्ण चरणहरूमा मल छर्किएपछि बिरुवाका कोषहरूद्वारा चाडै सोस्ने गर्दछ। नानो युरिया साना कोषबाट अवशोषित हुने हुँदा दानादार युरियाभन्दा निकै प्रभावकारी मानिन्छ । कम्पनीका अनुसार एक बोरा (५० किलो) परम्परागत युरिया ५ सय मिलिलिटर नानो युरिया बराबर हुन्छ । यसैगरी नवलपरासीमा आयोजीत कार्यक्रममा कृर्षी ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोष चौधरीले न्यानो युरिया कृषककहरुका लागि दानेदार युरियाको स्थानमा उपयुक्त बिकल्पको रुपमा स्थापीत हुने बताउनुभयो ।

      परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाएर बिरुवाको पातमा छर्कने गरिन्छ। झण्डै २–४ मिलिलिटर नानो युरियालाई एक लिटर पानीमा मिसाएर छर्नु पर्दछ। नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन र कृषिमा लागत घटाउन मल उपयुक्त हुने कम्पनीको दाबी छ । नानो प्रविधि प्रयोग गरेर तयार गरिएको यो मलले खाद्य र कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

      photo 2022 12 30 12 17 42 1

      नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रालाई घटाउनेछ । यसले बिरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्नेछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातमा छर्किनुपर्छ । बाली लगाएको ३० देखि ३५ दिनभित्रमा पहिलोपटक छर्किने र दोस्रोपटक फूल फुल्नु एक हप्ताअघि छर्कनुपर्ने कम्पनीले जनाएको छ । हरेक वर्ष बाली लगाउने बेला किसानले मलको चरम अभाव खेपिरहन बाध्य भएपछि ल्याइएको झोल मलले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने चौधरी समुह अन्तर्गतको सिजी एग्रोले जनाएको छ ।

      तस्विर नवलपरासीमा आयोजीत कार्यक्रहरु:

      photo 2022 12 30 12 17 25 1photo 2022 12 30 12 17 32photo 2022 12 30 12 17 36photo 2022 12 30 12 17 42 1

        कमेन्टहरु