धर्म–संस्कृति/रीतिथिति

    गुरुङ समुदायले आज काठमाडौमा तमु ल्होछार मनाउँदै

    नवलपुर टुडे
    २०७९ पुस १५ | बिहान १०:०९ बजे

      काठमाडौ । गुरुङ समुदायले आज तमु ल्होछार मनाउँदै छन् । हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होछार मनाइन्छ।

      तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होछारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

      यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गरिन्छ । ल्होछाको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

      आज गुरुङ समुदायले काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमका साथ ल्होछार पर्व मनाउँदैछन्।

        कमेन्टहरु